म्याक्स टाइगरको ‘दशैं धमाका’ : बुटवलका ठोकरलाई स्कुटर र धनगढीका श्रेष्ठलाई मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ : बुटवलका ठोकरलाई स्कुटर र धनगढीका श्रेष्ठलाई मोटरसाइकल

काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिंकको चाडपर्व लक्षित ‘एनर्जाइज्ड दशैं धमाका’ योजनाअन्तर्गत थप दुई जना भाग्यशाली उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्।

कम्पनीका अनुसार पछिल्लो पटक बुटवलका नरबहादुर ठोकरले ‘यामाहा रे जेडआर’ स्कुटर र धनगढीका मोहन श्रेष्ठले ‘यामाहा एफजेड एफआई’ मोटरसाइकल प्राप्त गरेका हुन्।

यससँगै अभियानअन्तर्गत हालसम्म पाँच जना उपभोक्ताले सवारीसाधन जितिसकेका छन्।

यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितेका थिए। हालसम्म तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर हात पारिसकेका छन्।

यस योजनाअन्तर्गत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटरका साथै बम्पर उपहारमा एक जनालाई ‘प्रोटोन कार’ प्रदान गरिने कम्पनीले जनाएको छ।

अझै ३१ वटा दुईपाङ्ग्रे सवारीसाधन र बम्पर कारको नतिजा आउन बाँकी रहेको छ।

असोज २९, २०८३ बिहीबार १२:२४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।