यती एअरलाइन्सको चाडपर्व अफर : यात्रा गर्दा पुजो स्कुटर र माउन्टेन फ्लाइट जित्ने मौका
काठमाडौं : यती एअरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक विशेष चाडपर्व योजना ल्याएको छ।
अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालित यो अभियान असोज २३ देखि कात्तिक ३० गतेसम्म (३९ दिन) सञ्चालन हुनेछ।
अभियानअन्तर्गत यात्रा गर्ने यात्रुहरूमध्येबाट एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप ५ लाख ७१ हजार रुपैयाँ मूल्यको ‘पुजो ज्याङ्गो १२५’ स्कुटर प्राप्त गर्नेछन्।
यसका साथै साप्ताहिक रूपमा माउन्टेन फ्लाइटको टिकटसमेत उपहार दिइने एअरलाइन्सले जनाएको छ।
अभियान अवधिभर यती एअरलाइन्सबाट यात्रा पूरा गर्ने सबै यात्रुहरू बिनाकुनै अतिरिक्त दर्ता स्वतः ‘लक्की ड्र’मा सहभागी हुनेछन्।
विजेताको घोषणा आगामी डिसेम्बर १ तारिखमा एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत ‘लाइभ’ गरिनेछ। तर, रद्द वा रिफन्ड गरिएका टिकट भने यस योजनामा समावेश हुने छैनन्।
असोज २९, २०८३ बिहीबार ०९:२८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।