सेयर बजारमा हरियाली, नेप्से २६२१ अंकमा
काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो कारोबार दिन ४.१२ अंक बढेको नेप्से परिसूचक आज २१.३२ अंक बढेर २६२१ विन्दुमा कायम भयो। आजसहित लगातार पाँचौं दिन सेयर बजार बढेको हो।
यसदिन सबै उपसूचक बढेका छन्। बैंकिङ समूह सबैभन्दा धेरै १. ४५ प्रतिशत बढ्यो। विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार ०.८० प्रतिशत बढे।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन चार अर्ब ७३ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब १३ करोडको भयो। १८८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने नौ कम्पनीको मूल्य स्थिर रह्यो।
१०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र सिटी होटल माउन्टेन इनर्जी छन्।
असोज २८, २०८३ बुधबार १५:३०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।