एनआईसी एसिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा पानी शुद्धिकरण प्लान्ट सहयोग
काठमाडौं : एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानका चारवटा सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री तथा पानी शुद्धीकरण प्लान्ट सहयोग गरेको छ।
विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले सामुदायिक विद्यालयहरूलाई विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री तथा पानी शुद्धिकरण प्लान्ट उपलब्ध गराएको हो।
बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका–३ स्थित श्री हिमालय आधारभूत विद्यालय, डोटीको आदर्श गाउँपालिका–२, साउदकाँडास्थित श्री नमादेव माध्यमिक विद्यालय, दिपायल सिलगढी नगरपालिका–१, तिखास्थित श्री मगलेक माध्यमिक विद्यालय र मोरङको जहदा गाउँपालिका–३ स्थित श्री बाललक्ष्मी आधारभूत विद्यालयलाई सहयोग गरेको हो।
बैंकले प्रदान गरेको यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता आउनुका साथै उनीहरूका लागि गुणस्तरीय शैक्षिक वातावरण तयार हुने विश्वास बैंकले लिएको छ।
असोज २८, २०८३ बुधबार १३:३९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।