एनसेल ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई सामसङका घरायसी उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट

काठमाडौं : सामसङ नेपाल र एनसेलले एनसेलका ग्राहकहरूका लागि विशेष दशैं अफर ल्याएका छन्। 

यस अफर अन्तर्गत एनसेलका ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफर 'स्मार्ट अपग्रेड घरमा लक्कि सरप्राइज चाडमा' मा थप १२ प्रतिशतसम्मको छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा कुल ३१ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

यो अफर प्राप्त गर्नका लागि ग्राहकहरूले एनसेल एपको 'पार्टनर्ड सर्भिसेस' सेक्सनमा गएर आफूलाई उपलब्ध छुट तथा अफर हेर्न सक्नेछन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर प्राप्त गर्नेछन्।

त्यसपछि ग्राहकले अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको उत्पादन खरिद गर्न सक्नेछन्।

यो अफर अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ।

असोज २८, २०८३ बुधबार १२:०६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।