लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।
सुनको मूल्य सोमबार तोलामा दुई हजार एक सय र मंगलबार दुई हजार दुई सय रूपैयाँ घटेको थियो। बुधबार पनि सुन तोलामा दुई हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि एक सय रूपैयाँ घटेको छ।
मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
असोज २८, २०८३ बुधबार ११:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।