डेल्टाले ल्यायो नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

डेल्टाले ल्यायो नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

काठमाडौं : इटालियन स्कुटर ब्रान्ड भेस्पाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले १५० सिसी क्षमताको नयाँ स्कुटर ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’ काठमाडौंमा सार्वजनिक गरेको छ।

आधुनिक प्रविधिमा आधारित यो स्कुटर दैनिक शहरी यात्रामा स्टाइलसँगै थप पावर र पर्फर्मेन्स खोज्नेहरूलाई लक्षित गरी ल्याइएको डेल्टाले जनाएको छ।

डेल्टा अटोकर्पका निर्देशक केतन भिमसारियाले भेस्पाको कालजयी शैलीलाई कायम राख्दै नेपालीहरूलाई अझ शक्तिशाली राइडिङ अनुभव प्रदान गर्न यो स्कुटर नेपाली बजारमा ल्याइएको बताए। देशभर रहेका भेस्पाका आधिकारिक शोरुमहरूमा यो मोडल उपलब्ध रहेको डेल्टाले जनाएको छ।

असोज २७, २०८३ मंगलबार २०:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।