भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालन, डल्लुमा पनि निर्माण सुरु

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालन, डल्लुमा पनि निर्माण सुरु

काठमाडौं : विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। 

साइमेक्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स) पूर्वाधार विस्तार गर्ने लक्ष्यसहित भक्तपुरमा सेन्टर सञ्चालनमा ल्याएको हो। साथै काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टरको शिलान्यास समेत गरेको छ।

भक्तपुरस्थित सर्भिस सेन्टरको उद्घाटन बीवाईडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी तथा असिस्टेन्ट जनरल म्यानेजर एवं आफ्टर सेल्स हेड फेङ एरदोङले संयुक्त रूपमा गरेका हुन्।

स्थानीय परम्परागत वास्तुकलाबाट प्रेरित ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा निर्मित यो केन्द्र २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एकै ठाउँमा उपलब्ध हुने यो ‘थ्रीएस’ सेन्टरमा कुल आठवटा सर्भिस बे रहेका छन्।

तीमध्ये हाल पाँचवटा सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा भविष्यमा सेवाग्राहीको चापअनुसार सञ्चालन गरिने र सवारी बिक्रीका लागि शोरुम पनि चाँडै खुल्ने साइमेक्सले जनाएको छ।

असोज २७, २०८३ मंगलबार २०:१५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।