४ अंक बढ्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

४ अंक बढ्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं : मंगलबार पनि सेयर बजार बढेको छ। अघिल्लो कारोबार दिन ४ अंक बढेको नेप्से परिसूचक आज ४.१२ अंक बढेर २५९९ विन्दुमा कायम भयो।

यसदिन कारोबार रकम केही बढेको छ। अघिल्लो दिन चार अर्ब ४६ करोडको कारोबार भएकोमा आज चार अर्ब ७३ करोडको भयो। १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो भने सात कम्पनीको मूल्य स्थिर रह्यो।

आज जीवन बीमा सबैभन्दा धेरै १.७७ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.६९, विकास बैंक ०.०५, लगानी ०.१३ तथा निर्जीवन बीमा ०.५३ प्रतिशत बढे। फाइनान्स ०.३१, होटल तथा पर्यटन ०५८, जलविद्युत् ०.४४, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०९, अन्य ०५२ र व्यापार समूह ०.४० प्रतिशत घटे।

सगरमाथा जलविद्युत् कम्पनीको मूल्य १२.४४ प्रतिशत बढ्यो भने स्नो रिभर्सको १५ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स र लक्ष्मी सनराइज बैंक छन्।

असोज २७, २०८३ मंगलबार १५:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।