विश्वकप लिग-२ : ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ।

ओमानको मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो। यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ।

जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा छन्। यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो।

त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो। ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ।

आइसिसी विश्व लिग २ मा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ। २९  खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ।

असोज २७, २०८३ मंगलबार ११:५०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।