दुई दिनमा ४३ सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

दुई दिनमा ४३ सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ। दुई दिनमै सुनको मूल्य प्रतितोला ४ हजार तीन सय रुपैयाँले घटेको छ।

सोमबार तोलामा दुई हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार चार सय र आइतबार  दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि ६० रूपैयाँले घटेको छ। सोमबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

असोज २७, २०८३ मंगलबार ११:३२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।