यामाहाले एकैसाथ देशभरका २० शहरमा पुर्‍यायो नयाँ ‘ब्लु एक्सएसआर १५५’

यामाहाले एकैसाथ देशभरका २० शहरमा पुर्‍यायो नयाँ ‘ब्लु एक्सएसआर १५५’

काठमाडौं : काठमाडौंमा सफल प्रदर्शनपछि नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ मोटरसाइकल देशभरका क्षेत्रीय २० शहरमा एकैसाथ उपलब्ध गराएको छ। 

काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको प्रदर्शनपछि एमएडब्लूले यो नयाँ भेरियन्ट क्षेत्रीय डिलरहरूमार्फत बिक्री तथा टेस्ट राइडका लागि खुला गरेको हो। ‘ब्लु यामाहा एक्सएसआर १५५’को मूल्य पाँच लाख ३४ हजार नौ सय रुपैयाँ तोकिएको छ। 

नियो-रेट्रो डिजाइनमा निर्मित मोटरसाइकलमा भीभीए प्रविधियुक्त १५५ सीसी लिक्विड-कुल्ड इन्जिन र ६-स्पीड गियर ट्रान्समिसन रहेको छ। यसले दैनिक यात्रा तथा लामो दूरीको राइडमा भरपर्दो पावर, माइलेज र उच्च गतिमा स्थिरता प्रदान गर्ने कम्पनीको भनाइ छ।

हाल बजारमा उपलब्ध ब्ल्याक, ग्रे र रेड रङका साथै बजारको मागलाई सम्बोधन गर्दै यामाहाले नयाँ ‘ब्लु’ रङ बजारमा ल्याएको हो। इच्छुकले सम्बन्धित क्षेत्रीय शहरका आधिकारिक यामाहा सोरुमहरूमा पुगेर प्रत्यक्ष अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

असोज २६, २०८३ सोमबार १९:५७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।