नेपालीमा १५० सीसीको नयाँ भेस्पा स्कुटर ल्याउँदै डेल्टा
काठमाडौं : नेपालका लागि भेस्पा स्कुटरको बिक्रेता डेल्टा अटोकर्पले १५० सीसीको नयाँ भेस्पा स्कुटर बजारमा ल्याउने भएको छ। विशिष्ट इटालियन डिजाइन र राइडिङ अनुभव खोज्नेहरूलाई लक्षित गर्दै भेस्पाको नयाँ स्कुटर बजारमा ल्याउन लागिएको डेल्टाले जनाएको छ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले भेस्पाको विरासत र पहिचानलाई निरन्तरता दिँदै नेपाली बजारमा उपस्थिति थप मजबुत बनाउन नयाँ १५० सीसी मोडल ल्याउन लागिएको बताए।
नयाँ स्कुटरको विस्तृत प्राविधिक विशेषता, मूल्य तथा उपलब्धतासम्बन्धी विवरण छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ। डेल्टाले हाल देशभर रहेका आफ्ना शोरुम तथा बिक्री सञ्जालमार्फत भेस्पाका विभिन्न मोडलहरू उपलब्ध गराउँदै आएको छ।
असोज २६, २०८३ सोमबार १९:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।