डिजिटल बैंकिङ सेवा विस्तारका लागि एनएमबि बैंक र र्‍यापिड टेकबीच सम्झौता

डिजिटल बैंकिङ सेवा विस्तारका लागि एनएमबि बैंक र र्‍यापिड टेकबीच सम्झौता

काठमाडौं : व्यावसायिक सफ्टवेयर तथा डिजिटल प्रणालीमार्फत प्रत्यक्ष बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित एनएमबि बैंक र र्यापिड टेक प्रालिबीच साझेदारी सम्झौता भएको छ। ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा दुई संस्थाबीच डिजिटल तथा इम्बेडेड बैंकिङ सेवा विस्तारका लागि सम्झौता भएको हो।

सम्झौतापश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नो प्राथमिक कार्यप्रणाली (इन्टरप्राइज सिस्टम) भित्रै रहेर स्वचालित रकम भुक्तानी, तत्काल हिसाब मिलान (रिकन्सिलिएसन), प्रत्यक्ष खाता सञ्चालन तथा कर्जा पहुँचजस्ता सेवाहरू लिन सक्नेछन्।

यसैगरी, साना तथा मझौला व्यवसायी एवं सर्वसाधारण ग्राहकले विभिन्न व्यापारिक केन्द्र तथा डिजिटल प्लेटफर्महरूबाट विनाकुनै प्रशासनिक झन्झट छिटो, सुरक्षित र सहज बैंकिङ सेवा पाउने जनाइएको छ। एनएमबि बैंकले हाल देशभर रहेका १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ।

असोज २६, २०८३ सोमबार १९:३४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।