‘एक्स्ट्रीम म्युजिक सिरिज’ सुरु, हरेक दुई सातामा नयाँ गीत र भिडियो

‘एक्स्ट्रीम म्युजिक सिरिज’ सुरु, हरेक दुई सातामा नयाँ गीत र भिडियो

काठमाडौं : नेपाली सङ्गीतमा नयाँ पुस्ताको मौलिकता र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रीम इनर्जी ड्रिंक’ले ‘एक्स्ट्रीम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि सुरु भएको म्युजिक सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा गीत तथा भिडियो सार्वजनिक गरिने छ।

एक्स्ट्रीम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्। निर्माण गरिएका सबै गीत तथा भिडियोहरू ‘एक्स्ट्रीम म्युजिक सिरिज’ नामक युट्युब च्यानलमार्फत प्रसारण गरिने जनाइएको छ।

सिरिजको पहिलो सिजनमा नौ जना कलाकार सहभागी हुनेछन्। जसमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। सहभागी प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनामार्फत प्रस्तुति दिनेछन्।

परम्परागत शैलीभन्दा फरक रहेर नयाँ साङ्गीतिक प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्न यो सिरिज सुरु गरिएको आयोजकले जनाएको छ।  

असोज २६, २०८३ सोमबार १९:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।