४ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर कारोबार
काठमाडौं : सोमबार सेयर बजार सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आज ४ अंकले बढेर २५९५ विन्दुमा कायम भयो।
यसदिन चार अर्ब ४६ करोडको कारोबार भयो। अघिल्लो दिन चार अर्ब ८३ करोडको कारोबार भएको थियो। आज १०५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने सात कम्पनीको मूल्य स्थिर रह्यो।
आज व्यापार समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो भने बैंकिङ समूह १.०१ प्रतिशत बढ्यो। त्यस्तै विकास बैंक ०.५३, जीवन बीमा ०.०५ र फाइनान्स ०.२१ प्रतिशत बढे। होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटे।
धौलागिरि लघुवित्तको मूल्य १५ र स्नो रिभर्सको १३.९२ प्रतिशत मूल्य बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्सियल बैंक छन्।
असोज २६, २०८३ सोमबार १५:५२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।