२१ सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ।
आइतबार प्रतितोला चार हजार चार सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा चार हजार चारसय १५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
असोज २६, २०८३ सोमबार ११:२५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।