एआई फिचरसहित सामसङ ग्यालेक्सी एस२६ एफई सार्वजनिक

एआई फिचरसहित सामसङ ग्यालेक्सी एस२६ एफई सार्वजनिक

काठमाडौं : सामसङ नेपालले फ्ल्यागसिप ‘एस२६’ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ। 

‘वान यूआई ९’ र नयाँ ‘ग्यालेक्सी एआई’ सुविधासहित आएको ८/२५६ जीबी भेरियन्टको यो फोनको बजार मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ।

दैनिक कामलाई सहज बनाउन कन्टेक्स्ट-अवेयर एआई फिचर समावेश गरिएको फोनमा ट्रिपल रियर क्यामेरा, ३ गुणा अप्टिकल जुम, नाइटोग्राफी र होरिजेन्टल लकसहितको ‘सुपर स्टेडी’ भिडियो प्रविधि रहेको सामसङले जनाएको छ। 

साथै, यसअघि फोल्डेबल फोनहरूमा उपलब्ध ‘माई फ्यानक्याम’ फिचर पनि यस मोडलमा थपिएको छ। पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी रङमा उपलब्ध यो फोन खरिदमा सामसङ नेपालले विभिन्न अफरहरू ल्याएको छ। 

जसअन्तर्गत १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १८ हजार ३५१ रुपैयाँ बराबरको ६ महिनाको ‘गुगल एआई प्रो’ निःशुल्क सब्स्क्रिप्सन तथा मासिक तीन हजार ३९२ रुपैयाँबाट सुरु हुने २४ महिने किस्ताबन्दी (इएमआई) सुविधा प्राप्त गर्न सकिने छ। 

असोज २३, २०८३ शुक्रबार १८:३९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।