सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ९३ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक २.३१ अंक बढेर २५७४ विन्दुमा कायम भयो।
कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन तीन अर्ब ७४ करोडको कारोबार भएकोमा आज तीन अर्ब ९३ करोडको भयो।
आज १४० कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ समूह सबैभन्दा बढी ०.१९ प्रतिशत बढ्यो। त्यस्तै विकास बैंक ०.०६, जलविद्युत् ०.१८, लगानी ०.१५, उत्पादन तथा प्रशोधन ०.७३, निर्जीवन बीमा ०.१७ प्रतिशत बढे्। फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.३९, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.०२, अन्य ०.४४ र व्यापार ०.४८ प्रतिशत मूल्य घटे।
कुथेली बुखरी स्मल हाइड्रोपावरको १५ प्रतिशत मूल्य बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स र हिमालयन पावर पार्टनर छन्।
असोज २२, २०८३ बिहीबार १५:४५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।