आईसीसी वरीयतामा नेपालको एक स्थान सुधार
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो पुरुष एकदिवसीय (ओडीआई) विश्व वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।
यसअघि १७औँ स्थानमा रहेको नेपालले नामिबियालाई एक स्थान पछि पार्दै वरीयता सुधार गरेको हो। आइसिसीको अद्यावधिक विवरणअनुसार नेपालले ३३ खेलबाट ९३९ अंकसहित २८ रेटिङ पाएको छ।
एक स्थान खस्किएर १७औँ स्थानमा पुगेको नामिबियाको समान २८ रेटिङ भए पनि कुल अंक (६७६) का आधारमा नेपालभन्दा पछाडि परेको हो। नेपालभन्दा अघि १५औँ स्थानमा रहेको संयुक्त राज्य अमेरिका (युएसए) को ४२ रेटिङ र १ हजार १८३ अंक छ।
विश्व वरियताको शीर्ष स्थानमा ११५ रेटिङसहित भारत यथावत् छ। त्यस्तै न्युजिल्यान्ड (१०९) दोस्रो, दक्षिण अफ्रिका (१०४) तेस्रो, अस्ट्रेलिया (१०२) चौथो र पाकिस्तान (१०० रेटिङ) पाँचौँ स्थानमा रहेका छन्। नेपालपछि १८औँ स्थानमा ओमान रहेको छ।
असोज २२, २०८३ बिहीबार १४:०४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।