नगरकोटको ‘होटल कन्ट्री भिल्ला’मा एन आई सी एशिया बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट
काठमाडौं : एन आई सी एशिया बैंकका ग्राहकहरूले काभ्रेको नगरकोटस्थित ‘होटल कन्ट्री भिल्ला’मा विभिन्न सेवा उपभोग गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
ग्राहकहरूलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र होटलबीच समझदारी भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटलको आवास तथा खाना र पेय पदार्थमा छुट पाउनेछन्।
जसअन्तर्गत डिलक्स कोठामा बस्दा शुक्रबार र शनिबार ५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ। अन्य दिनहरूमा भने आवास र खानपिन दुवै सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ।
यो सुविधा पाउनका लागि ग्राहकहरूले एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
सम्झौता पत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराज्यूले हस्ताक्षर गरेका छन्।
असोज २२, २०८३ बिहीबार ११:४१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।