एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर

काठमाडौं : एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पाका विभिन्न सेवाहरूमा ‘बाइ वान गेट वान’ सहित २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका छन्।

एनसेल र ट्रान्क्विलिटी स्पाबीच हालै सम्पन्न व्यावसायिक साझेदारीअनुसार यो सुविधा उपलब्ध गराइएको हो।

योजनाअनुसार रु. ४९९ वा सोभन्दा बढीको प्याक वा पोस्टपेड प्लान प्रयोग गर्ने नेपाली ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्।

सोही प्याक प्रयोगकर्ताले व्यक्तिगत रूपमा सेवा लिँदा स्पामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, रु. ९९ देखि रु. ४९९ सम्मको प्याक प्रयोग गर्ने ग्राहकले स्पा सेवामा २० प्रतिशत (पर्यटकलाई १० प्रतिशत) छुट प्राप्त गर्न सक्नेछन्।

यो अफर लिनका लागि ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिस’ भित्र गई ट्रान्क्विलिटी स्पा छनोट गरेर आधिकारिक आउटलेटमा रिडिम गर्नुपर्ने एनसेलले जनाएको छ।

ग्राहकलाई दूरसञ्चार सेवाका अतिरिक्त थप मूल्य र सुविधा दिने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीको भनाइ छ।

असोज २२, २०८३ बिहीबार ११:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।