सुनको मूल्य बढ्दा चाँदी भने घट्यो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रूपैयाँले बढेर दुई लाख ९२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी भने बिहीबार ३५ रूपैयाँ घटेको छ। बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
असोज २२, २०८३ बिहीबार ११:३२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।