सामसङले नेपालमा ल्यायो ‘ग्यालेक्सी A08 LTE’
काठमाडौं : सामसङ नेपालले आफ्नो ‘ग्यालेक्सी ए’ सिरिजअन्तर्गत नयाँ एन्ट्री-लेभल स्मार्टफोन ‘ग्यालेक्सी A08 LTE’ नेपाली बजारमा सार्वजनिक गरेको छ। सर्वसुलभ मूल्यमा आधुनिक एआई प्रविधि र लामो समय टिक्ने कार्यक्षमता खोजिरहेका प्रयोगकर्तालाई लक्षित गरी यो फोन ल्याइएको कम्पनीले जनाएको छ।
फोनमा ६.७ इन्चको डिस्प्ले, ८.० मिलिमिटर पातलो बडी र छ हजार एमएएच क्षमताको ब्याट्री छ। दैनिक प्रयोगमा धुलो र पानीका छिटाबाट जोगाउन यसमा ‘IP64’ रेटिङ दिइएको छ। यस डिभाइसलाई आगामी वर्षहरूसम्म सुरक्षित र अद्यावधिक राख्न ६ जेनेरेसनसम्म अपरेटिङ सिस्टम (OS) अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराइने सामसङले जनाएको छ।
डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रङमा उपलब्ध यो फोन तीनवटा स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको छ। जसअनुसार ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ४९९ रुपैयाँ, ४ जीबी र १२८ जीबीको ४० हजार ९९९ रुपैयाँ तथा ६ जीबी र १२८ जीबी भेरियन्टको ४७ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ।
सामसङ नेपालका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा १२ महिनाको किस्ताबन्दी सुविधाअन्तर्गत मासिक न्यूनतम एक हजार ७२५ रुपैयाँ तिरेर यो फोन खरिद गर्न सक्नेछन्।
असोज २१, २०८३ बुधबार १९:४६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।