नेप्से ६.३८ अंकले घट्दा वाणिज्य बैंकबाहेक सबै समूह राताम्य

नेप्से ६.३८ अंकले घट्दा वाणिज्य बैंकबाहेक सबै समूह राताम्य

काठमाडौं : बुधबार सेयर बजार घटेको छ। अघिल्लो दिन ११.९६ अंक बढेको नेप्से परिसूचक यसदिन ६.३८ अंक घटेर २५७२ विन्दुमा कायम भयो।

नेप्से बढेपनि कारोबार रकम भने बढेको छ। आज तीन अर्ब ७४ करोडको कारोबार भयो। अघिल्लो दिन तीन अर्ब १३ करोडको कारोबार भएको थियो। 

यसदिन १०० कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङबाहेक सबै समूहका उपसूचक घटे। बैंकिङ ०.०८ प्रतिशत बढ्यो। त्यस्तै व्यापार सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो। विकास बैंक ०.०७, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.०३, लगानी ०.५५, जीवन बीमा ०.२७, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.६२, अन्य ०.३६ प्रतिशत घटे।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, लिबर्टी इनर्जी र सानिमा मिडिल तमोर छन्।

असोज २१, २०८३ बुधबार १५:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।