बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि १० रूपैयाँ बढेको छ।
मंगलबार प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा चार हजार चार सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
असोज २१, २०८३ बुधबार ११:३५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।