चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ वटा नयाँ ‘टाटा पञ्च ईभी’ जित्ने अवसर
काठमाडौं : चाडपर्वको अवसर पारेर भाटभटेनी र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि विशेष छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजना अन्तर्गत भाटभटेनीमा किनमेल गर्ने दुई जना भाग्यशाली ग्राहकले नयाँ ‘टाटा पञ्च ईभी’ कार जित्ने अवसर पाउनेछन्।
यस योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरमा एकपटकमा दुई हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ। योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पञ्च ईभी उपहार दिइने कम्पनीले जनाएको छ।
त्यसैगरी, भाटभटेनीबाट सामान खरिद गरी नेपाल पेबाट क्यूआरमार्फत भुक्तानी गर्दा पनि एक जना भाग्यशाली ग्राहकले नयाँ टाटा पञ्च ईभी जित्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ टाटा पञ्च ईभी चाडपर्वको उपहारमा मात्र सीमित नभई नेपाली ग्राहकको बदलिँदो आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको आधुनिक विद्युतीय एसयूभी हो। यसमा प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको छ।
यसैबीच टाटा मोटर्सका नेपालभर रहेका २० वटा सोरुमका अतिरिक्त अब देशभरका २८ वटा भाटभटेनी स्टोरहरूबाट पनि टाटा कार सम्बन्धी जानकारी लिन सकिने सुविधा मिलाइएको छ। साथै, चाडपर्वको समयमा भाटभटेनीमा किनमेल गर्ने ग्राहकले टाटा कारका विभिन्न अफर तथा सरप्राइजसमेत पाउने कम्पनीले जनाएको छ।
असोज २०, २०८३ मंगलबार १८:०६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।