११ अंक बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब १३ करोडमा सीमित

११ अंक बढ्यो सेयर बजार, कारोबार रकम ३ अर्ब १३ करोडमा सीमित

काठमाडौं : मंगलबार सेयर बजार दोहोर अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८ विन्दुमा कायम भयो।

नेप्से बढेपनि कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन तीन अर्ब २७ करोडको कारोबार भएकोमा आज तीन अर्ब १३ करोडको भयो। 

आज १६९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। यसदिन निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक सबै समूहका उपसूचक बढेका छन्। निर्जीवन बीमा ०.०६र माइक्रोफाइनान्स ०.१७ अंक घटे। बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ तथा व्यापार ०.८२ प्रतिशत बढे। 

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक तथा पिपुल्स हाइड्रोपावर छन्।

असोज २०, २०८३ मंगलबार १५:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।