मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदी घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रूपैयाँ घटेको छ।
सोमबार प्रतितोला चार हजार चार सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
असोज २०, २०८३ मंगलबार ११:१०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।