२० अंक घट्यो सेयर बजार, कारोबार रकम ३ अर्बमा सीमित

२० अंक घट्यो सेयर बजार, कारोबार रकम ३ अर्बमा सीमित

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २०.४८ अंकले घटेर  २५६६.७६ विन्दुमा कायम भयो। 

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार चार अर्ब २९ करोडको कारोबार भएकोमा यसदिन तीन अर्ब २७ करोडको कारोबार भयो।

आज ३२ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो भने चार कम्पनीको मूल्य स्थिर रह्यो। सोमबारको कारोबारमा नेप्सेका अधिकांश उपसूचक घटेका छन्। १३ मध्ये १२ वटा उपसूचक ओरालो लाग्दा व्यापर मात्रै बढेको छ। व्यापार ०.०३३ प्रतिशत बढ्यो।

बैंकिङ ०.७२, विकास बैंक ०.५४, फाइनान्स १.०६ र  होटल तथा पर्यटन १.०५, जलविद्युत् १.०४, लगानी १.०७, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.४८ र अन्य समूह ०.२२  प्रतिशत घटे। 

१०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, शिवम सिमेन्ट, हिमालयन डिस्लरी र पिपुल्स हाइड्रो छन्।   

असोज १९, २०८३ सोमबार १५:२९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।