नयाँ ‘टिभिएस रेडर १२५ सिंगल सिट’ नेपाली बजारमा सार्वजनिक, मूल्य कति?
काठमाडौं : टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ ‘टिभिएस रेडर १२५ सिंगल सिट’ सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच कम्पनीकी अध्यक्ष दीपा अग्रवाल र उपाध्यक्ष दीपक रौनियारले संयुक्त रूपमा नयाँ मोटरसाइकलको अनावरण गरेका हुन्।
नेपाली बजारमा यस नयाँ मोडलको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।
रेडरको स्पोर्टी डिजाइनलाई यथावत् राख्दै दैनिक यात्रा तथा परिवारसँगको आवतजावतलाई थप आरामदायी बनाउन यसमा फराकिलो 'सिंगल सिट' डिजाइन दिइएको कम्पनीले जनाएको छ।
१२४.८ सिसी इन्जिन र ५-स्पिड गियरबक्स भएको मोटरसाइकलमा रिभर्स एलसीडी डिजिटल डिस्प्ले, आकर्षक एलइडी हेडल्याम्प र लाइटिङ अनि मोनोशक सस्पेन्सन तथा मोबाइल चार्जका लागि यूएसबी पोर्ट छ।
दैनिक आवागमन र स्पोर्टी लुक दुवै चाहने युवा पुस्तालाई लक्षित गरिएको यो नयाँ भेरियन्ट देशभरका आधिकारिक टिभिएस सोरुमहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।
असोज १९, २०८३ सोमबार १२:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।