पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १०० भन्दा बढी सवारीको परीक्षण

पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १०० भन्दा बढी सवारीको परीक्षण

पोखरा : नेपालका लागि एसएमएल महिन्द्राको आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले पोखरामा आयोजना गरेको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ।

असोज १५ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पमा पोखरा, गोरखालगायत आसपासका क्षेत्रका १०० भन्दा बढी व्यावसायिक सवारीसाधनको प्राविधिक परीक्षण गरिएको छ।

क्याम्पमा सहभागी ग्राहकहरूलाई सवारीको निःशुल्क प्राविधिक जाँचका साथै श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत र स्पेयर पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो। साथै, सहभागी ग्राहकहरूलाई आकर्षक उपहारसमेत प्रदान गरिएको थियो।

विशेषगरी आधुनिक बीएससिक्स इन्जिनयुक्त गाडीहरूको नियमित मर्मतसम्भार, इन्धन बचत, सुरक्षा तथा वातावरणमैत्री सञ्चालनबारे चालक तथा सवारीधनीलाई प्राविधिक परामर्श दिइएको कम्पनीले जनाएको छ।

बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन र ग्राहकसँगको सम्बन्ध थप सुदृढ पार्न क्याम्प प्रभावकारी साबित भएको कम्पनीको भनाइ छ।

असोज १९, २०८३ सोमबार १२:०३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।