नेपाल लाइफको देशव्यापी ‘स्टार अवार्ड’ सम्पन्न, १ हजार ६४ अभिकर्ता सम्मानित

नेपाल लाइफको देशव्यापी ‘स्टार अवार्ड’ सम्पन्न, १ हजार ६४ अभिकर्ता सम्मानित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा आयोजना गरेको ‘स्टार अवार्ड २०८२/८३’ को शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सम्मान र क्षमता अभिवृद्धिका लागि कम्पनीले यो कार्यक्रम सञ्चालन गरेको हो।

असोज ४ देखि १५ गतेसम्म इटहरी, बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं, धनगढी, सुर्खेत र पोखरा गरी आठ मुख्य सहरमा आयोजित कार्यक्रममा कुल २ हजार ५८१ अभिकर्ता तथा एजेन्सी म्यानेजरहरू सहभागी थिए।

जसमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने १ हजार ६४ जना अभिकर्ताहरूलाई ‘स्टार अवार्ड’बाट पुरस्कृत गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रशिक्षक किशु झाले अभिकर्ताहरूलाई उत्प्रेरणा तथा व्यावसायिक सीपसम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले व्यवसाय विस्तार र ग्राहक सम्बन्धको मुख्य आधार अभिकर्ता नै भएको बताए।

उनले अनुशासन, उच्च व्यावसायिक आचरण र गुणस्तरीय सेवामार्फत बीमाप्रति जनविश्वास थप बलियो बनाउन आग्रह गरे।

साथै, सीईओ पराजुलीले हालैको प्राकृतिक विपद्बाट प्रभावित भएका अभिकर्ता तथा बीमितहरूको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

असोज १९, २०८३ सोमबार ११:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।