सुनको मूल्य सामान्य घट्दा चाँदी बढ्यो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।
आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने ४० रूपैयाँ बढेको छ।
आइतबार प्रतितोला चार हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा चार हजार चार सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
असोज १९, २०८३ सोमबार ११:२०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।