राष्ट्रिय टोलीका नौ क्रिकेटर ‘टिम एक्ट्रीम’मा आबद्ध, एनपिएल विशेष क्यान सार्वजनिक

राष्ट्रिय टोलीका नौ क्रिकेटर ‘टिम एक्ट्रीम’मा आबद्ध, एनपिएल विशेष क्यान सार्वजनिक

काठमाडौं : नेपाली क्रिकेटको प्रवर्द्धन र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्ट्रीम इनर्जी ड्रिंक’ले राष्ट्रिय क्रिकेट टोलीका ९ जना खेलाडीलाई ‘टिम एक्ट्रीम’मा आबद्ध गरेको छ।

काठमाडौंस्थित होटल एभरेस्टमा आयोजित कार्यक्रममा रोहित पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, करण के.सी., ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे र लोकेश बम औपचारिक रूपमा ब्रान्डसँग जोडिएका हुन्।

सम्झौतापछि यी खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा ‘एक्ट्रीम इनर्जी ड्रिंक’को लोगो रहनेछ भने उनीहरू कम्पनीका विभिन्न प्रवर्द्धनात्मक र खेलकुदसम्बन्धी गतिविधिमा पनि सहभागी हुनेछन्।

सोही कार्यक्रममा कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का आफ्ना मुख्य प्रायोजन रहेका ७ वटा टोलीलाई समेटेर तयार पारिएको ‘विशेष संस्करणको क्यान’ समेत सार्वजनिक गरेको छ।

युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न र नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउन यस्तो सहकार्य गरिएको कम्पनीले जनाएको छ।

असोज १९, २०८३ सोमबार १०:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।