१३औं कृति अवार्ड्सअन्तर्गत ‘कृति कनेक्ट’ सम्पन्न
काठमाडौं : नेपाल विज्ञापन संघ (आन) ले ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ।
‘क्रिएटिभिटी कनेक्ट, व्हेयर इट अल स्टार्टस्’भन्ने नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका विभिन्न आयामबारे छलफल गरिएको थियो।
विगतका वर्षहरूमा ‘एजेन्सी ब्रिफिङ सेसन’का रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई यस पटक गैर–सदस्य एजेन्सीहरूलाई समेत समेटेर थप फराकिलो बनाइएको संघले जनाएको छ।
कार्यक्रममा अवार्डको मापदण्ड, सहभागिताको प्रक्रिया र सिर्जनात्मक बजारीकरणबारे छलफल भएको थियो।
कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका परिकल्पनाकार भास्कर राज राजकर्णिकार, प्रथम उपाध्यक्ष उज्वल शाक्य र मेकवेजका प्रमुख विधान राजभण्डारीले अवार्डको तयारी, प्रस्तुतीकरण र यसको महत्वमाथि प्रकाश पारेका थिए।
आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले विज्ञापन उद्योगलाई थप एकताबद्ध, पारदर्शी र व्यावसायिक बनाउन टेवा पुर्याउने बताए।
रेड बुलको मुख्य प्रायोजनमा हुन लागेको १३औँ संस्करणको कृति अवार्ड्सलाई इनमार्क इन्डिया, जीएमडब्ल्यू ओरा, कोका–कोला, यति कलेज, एनसेल, प्राइम टाइल्सलगायतका ब्रान्डहरूले सहयोग गरेका छन्।
असोज १९, २०८३ सोमबार १०:३२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।