महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना, दराजबाट किनमेल गर्दा १५ प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना, दराजबाट किनमेल गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं : महालक्ष्मी विकास बैंकले डिजिटल तथा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न ‘महालक्ष्मी महा सोमबार’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले अनलाइन सपिङ प्लेटफर्म ‘दराज’ मार्फत हरेक सोमबार सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

डेबिट कार्ड प्रयोगकर्ताका लागि न्यूनतम १ हजा ९९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० सम्म छुट दिइनेछ भने  क्रेडिट कार्ड प्रयोगकर्ताका लागि न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. १ हजारसम्म छुट पाइनेछ।

यो छुट हरेक सोमबार सीमित सङ्ख्यामा ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा उपलब्ध हुने बैंकले जनाएको छ।

ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षित गर्न र दैनिक कारोबारमा बचतको सुविधा दिन यो योजना ल्याइएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

असोज १९, २०८३ सोमबार ०९:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।