तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँ घटेको छ।
शुक्रबार प्रतितोला चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन चार हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
असोज १८, २०८३ आइतबार ११:३५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।