एभरेष्ट बैंकका कार्डवाहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

एभरेष्ट बैंकका कार्डवाहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : एभरेष्ट बैंक र भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) स्वास्थ्य जाँच तथा परीक्षण सेवामा सहुलियत दिनेसम्बन्धी सम्झौता भएको छ।

एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले मेडिसिटीमा स्वास्थ्य उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्। अस्पतालका भारतस्तिथित नयाँ दिल्ली, गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडा लगायतका विभिन्न शहरमा सञ्चालित १३ शाखाहरूमा उपचार गराउँदा यो छुट सुविधा दिइने छ। 

छुट अस्पतालको ओपिडी सेवा (चिकित्सक परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको ‘स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेज’ मा लागू हुने बताइएको छ। 

असोज १७, २०८३ शनिबार १५:३८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।