दशैंमा दराजबाट सामान किन्दा सिद्धार्थ बैंकको कार्डमा १५ प्रतिशतसम्म छुट

दशैंमा दराजबाट सामान किन्दा सिद्धार्थ बैंकको कार्डमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : सिद्धार्थ बैंकले दशैंलाई लक्षित गरेर ई-कमर्स प्लेटफर्म ‘दराज’सँगको सहकार्यमा ‘१०-१० दशैँ धमाका’ छुट अफर सार्वजनिक गरेको छ। 

असोज १५ देखि २६ गतेसम्म लागू हुने यस अफरअन्तर्गत दराज एपमार्फत सामान खरिद गरी बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

बैंकका अनुसार सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम एक हजारसम्म) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम एक हजार पाँच सयसम्म) छुट पाउनेछन्।

यो छुट प्राप्त गर्न दराज एपको ‘Mega Dashain Discounts 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भौचर संकलन गर्नुपर्नेछ। 

न्यूनतम एक हजार ९९९ वा सोभन्दा बढीको खरिद गर्दा संकलित भौचर छनोट गरी सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेपछि छुट स्वतः लागू हुने व्यवस्था गरिएको छ।
दशैँको किनमेलमा ग्राहकलाई थप लाभ प्रदान गर्दै डिजिटल भुक्तानी र डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बैंकले जनाएको छ।

असोज १७, २०८३ शनिबार १५:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।