सवारी साधन दर्ता समस्या समाधानका लागि नाडाद्वारा काठमाडौंका प्रजिअसँग छलफल
काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग छलफल गरेको छ।
नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी यस विषयमा तत्काल सहयोग तथा समन्वय गरिदिन अनुरोध गरेको हो।
मल्लले चाडपर्वको समयमा यातायात कार्यालयहरूमा सवारी दर्ताको चाप बढिरहेको र उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए।
कम्पनीहरूले आवश्यक कागजात पेस गरी सहजीकरण गरे पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण कार्य सम्पन्न गर्न अपेक्षाकृत बढी समय लागिरहेको भन्दै उनले तत्काल सहयोग र समन्वयका लागि आग्रह गरे।
असोज १७, २०८३ शनिबार १५:२०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।