मुक्तिनाथ विकास बैंक र एथलेट ल्यान्डबीच छुटसम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक र एथलेट ल्यान्डबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक र बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबबीच सेवा शुल्कमा १७.५० प्रतिशतसम्म छुट सुविधासम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका सेवाग्राहीले एथलेट ल्यान्डमा उपलब्ध विभिन्न सेवाहरूमा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। व्यायामशालामा एमएमए, बक्सिङ, एड्भान्स कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा, योग तथा कसरतपछि आराम (रिल्याक्सेसन) का लागि सौना सुविधा उपलब्ध छन्।

छुट सुविधा लिनका लागि मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

असोज १६, २०८३ शुक्रबार २०:२१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।