बाढी प्रभावितलाई होन्डाको १ लाख अमेरिकी डलर सहयोग
काठमाडौं : विश्वप्रसिद्ध अटोमोबाइल उत्पादक कम्पनी होन्डाले नेपालका बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि एक लाख अमेरिकी डलर सहयोग प्रदान गरेको छ।
गत अगस्टमा नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगार्थ होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकम उपलब्ध गराएको हो।
होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय ‘एसियन होन्डा मोटर कम्पनी’ (बैंकक) ले ‘थाइ रेडक्रस सोसाइटी’मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।
विपद्को यस घडीमा होन्डाले प्रभावित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित समुदायको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।
असोज १६, २०८३ शुक्रबार १३:०७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।