नेपालमा स्याकम्यानका दुई विद्युतीय हेभी–ड्युटी सवारी सार्वजनिक, यस्तो छ मूल्य
काठमाडौं : शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ कम्पनी सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा दुई नयाँ विद्युतीय हेभी-ड्युटी व्यावसायिक सवारीसाधन नेपाली बजारमा भित्र्याएको छ।
कम्पनीले ‘स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर’ र ‘स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर’ सार्वजनिक गरेको हो। नेपाली बजारमा प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ र टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ।
भारी सामान ढुवानी तथा लामो दूरीका लागि प्राइम मुभर र निर्माण, खानी तथा कठिन अफ-रोड कामका लागि टिपर उपयुक्त हुने कम्पनीले जनाएको छ।
दुवै मोडलमा ६×४ ड्राइभट्रेन, फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणालीजस्ता प्रविधि समावेश छन्। साथै, चालकको आरामका लागि एयर-सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले राखिएको छ।
यससँगै जगदम्बा मोटर्सले नेपालको निर्माण, खानी तथा यातायात क्षेत्रमा हेभी-ड्युटी विद्युतीय सवारीसाधनको दायरा विस्तार गरेको जनाएको छ।
असोज १६, २०८३ शुक्रबार १३:००:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।