विश्वकप क्रिकेट लिग-२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

विश्वकप क्रिकेट लिग-२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं : ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

क्यानद्वारा आज जारी विज्ञप्तिअनुसार यही असोज २१ गतेदेखि सुरु हुने उक्त शृङ्खलामा आयोजक ओमान, नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ।

टोलीमा सन्दीपसहित रोहितकुमार पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्शन झा, ललितनारायण राजवंशी, देव खनाल, सन्दीप जोरा, इशान पाण्डे, अर्जुन कुमाल, बसिर अहमद, नन्दन यादव, साहब आलम र शेर मल्ल रहेका छन्।

असोज १६, २०८३ शुक्रबार १२:४९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।