५४० किमीसम्म रेन्ज दिने डेरियनसहित वुलिङका तीन ईभी नेपाली बजारमा

५४० किमीसम्म रेन्ज दिने डेरियनसहित वुलिङका तीन ईभी नेपाली बजारमा

काठमाडौं : नेपालमा एसआईसी-जीएम-वुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा तीन श्रेणीका विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ। 

दैनिक सहरी आवागमनदेखि पारिवारिक यात्रासम्मका लागि ‘एक्सियन’, ‘मिनी ईभी’ र ‘डेरियन’ गरी तीन फरक मोडेल बिक्री वितरण गरिरहेको प्यारामाउन्टले जनाएको छ।

पाँच प्लस दुई सिट क्षमताको विद्युतीय एसयूभी ‘एक्सियन’मा ६९.२ किलोवाट घण्टाको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्युटन मिटर टर्क रहेको छ। यसले ५३० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। 

त्यस्तै, दैनिक सहरी प्रयोगका लागि ल्याइएको ४ सिट क्षमताको कम्प्याक्ट ‘मिनी ईभी’मा २५.१ किलोवाट घण्टाको ब्याट्री र ३० किलोवाटको मोटर छ, जसले एक पटकको चार्जमा ३०१ किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ।

त्यसैगरी, ७ सिटर एमपीभी ‘डेरियन’मा ६९.२ किलोवाट घण्टाको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्युटन मिटर टर्क रहेको छ भने यसको रेन्ज क्षमता ५४० किलोमिटरसम्म छ।

प्यारामाउन्टका अनुसार यी विद्युतीय सवारीहरूको ट्रयाक्सन मोटर तथा उच्च भोल्टेज (एचभी) ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले पुग्छ) सम्मको वारेन्टी सुविधा उपलब्ध गराइएको छ।

असोज १५, २०८३ बिहीबार १८:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।