सेयर बजार २५९९ विन्दुमा, ४ अर्ब ८९ करोडको कारोबार
काठमाडौं : बिहीबार नेप्से परिसूचक स्थिर रहेको छ। आज हरियो देखिएको सेयर बजार मापक नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९. १५ विन्दुमा बन्द भयो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। बुधबार चार अर्ब ७६ करोडको कारोबार भएकोमा यसदिन चार अर्ब ८९ करोडको कारोबार भयो।
आज १३९ कम्पनीको मूल्य बढ्दा १२८को घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ ०.३९, विकास बैंक ०.२२, फाइनान्स ०.१९ र जलविद्युत् ०.०३ प्रतिशत बढे। होटल तथा पर्यटन ०.१३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.०७, माइक्रोफाइनान्स ०.०२, निर्जीवन बीमा ०.५०, अन्य समूह ०.३२ र व्यापार १.०५८ प्रतिशत घटे।
सिन्धु विकास बैंकको मूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, अपी पावर, हाथवे इन्भेष्टमेन्ट, घलेम्दी हाइड्रो र रिलायन्स स्पिनिङ मिल्स छन्।
असोज १५, २०८३ बिहीबार १५:३७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।