आइफोन १८ सिरिज खरिदमा एनसेलको बन्डल : अनलिमिटेड डेटा र भ्वाइस, साथमा निःशुल्क ओटीटी पनि

आइफोन १८ सिरिज खरिदमा एनसेलको बन्डल : अनलिमिटेड डेटा र भ्वाइस, साथमा निःशुल्क ओटीटी पनि

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक एनसेलले एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै नयाँ आइफोन १८ सिरिजका खरिदकर्ताहरूका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।

यो अफर आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने पुराना तथा नयाँ सिम लिने एनसेल ग्राहकका लागि लागू हुनेछ।

अफरअन्तर्गत ग्राहकले असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम ओटीटी प्लेटफर्म ‘लायन्सगेट प्ले’ को सब्सक्रिप्सन प्राप्त गर्नेछन्।

आइफोन १८ प्रो र प्रो म्याक्स पहिलो २०० जना ग्राहकले उल्लिखित सबै सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन् भने आइफोन डुओको पहिलो १०० जना खरिदकर्ताले यी सुविधा अतिरिक्त शुल्कबिना छ महिनासम्म उपभोग गर्न पाउनेछन्।

प्रिमियम डिभाइससँगै प्रयोगकर्तालाई भरपर्दो कनेक्टिभिटी र उत्कृष्ट मनोरञ्जनको अनुभव प्रदान गर्न यो योजना ल्याइएको एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताउनुभएको छ।

असोज १५, २०८३ बिहीबार १३:२५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।