रमाडा बाइ विन्डह्याम इटहरीमा पाँचदिने ‘दशैं होम कमिङ कार्निभल’ हुँदै, मुख्य आकर्षणमा साइग्रेस
काठमाडौं : रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको कला, संस्कृति, मौलिक स्वाद र प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले पाँचदिने ‘दशैं होम कमिङ कार्निभल’ आयोजना गर्ने भएको छ।
‘दृश्य सी द अनसिन’ सँगको सहकार्यमा आगामी अक्टोबर ६ देखि १० सम्म होटलको आरिया लनमा कार्निभल आयोजना हुन लागेको हो।
दशैंको अवसरमा घर फर्किनेहरूको पारिवारिक पुनर्मिलन र उत्सवलाई लक्षित गरी आयोजना गरिएको यो महोत्सव हरेक साँझ ५ देखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा विभिन्न लाइभ फुड स्टेसन, फेस पेन्टिङ, लाइभ क्यास बार तथा स्थानीय कलाकारहरूको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति रहनेछ।
कार्निभलमा अक्टोबर ६ मा प्याराडाइज नेपालको प्रस्तुति, अक्टोबर ७ मा हाम्रो आवाज, अक्टोबर ८ मा रोयस तामाङ र अक्टोबर ९ मा प्रविन राईको प्रस्तुति रहनेछ।
अक्टोबर ६ देखि ९ सम्मको प्रवेश शुल्क प्रतिव्यक्ति १६ सय रुपैयाँ तोकिएको छ।
महोत्सवको अन्तिम दिन चर्चित प्रस्तोता साइग्रेस पोखरेलसँग विशेष ‘मीट एन्ड ग्रीट’ र प्रस्तुति रहनेछ।
साथै सोही साँझ नीलो धागो, बाँसुरी र आस्था बराइलीको साङ्गीतिक प्रस्तुति रहनेछ। समापन दिनको प्रवेश शुल्क भने प्रतिव्यक्ति १९ सय ९९ रुपैयाँ0 निर्धारण गरिएको छ।
पूर्वी नेपालको आतिथ्य, सङ्गीत र स्थानीयपनको उत्सवका रूपमा यो कार्निभल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
असोज १५, २०८३ बिहीबार १३:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।