ट्रान्सफरको चर्चा : हालान्डका लागि बार्सिलोनाको ठूलो दाउ, ओलिसेमाथि रियल म्याड्रिडको नजर
एजेन्सी : युरोपेली फुटबलमा खेलाडी ट्रान्सफरको चर्चा तीव्र बन्दै गएको छ। म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डदेखि बायर्नका माइकल ओलिसेसम्मका खेलाडीहरूलाई लिएर विभिन्न क्लबहरूबीच होडबाजी सुरु भएको छ।
म्यानचेस्टर सिटीका नर्वेजियन स्टार अर्लिङ हालान्डलाई भित्र्याउन बार्सिलोनाले १३ करोड पाउन्डको ठूलो बोली लगाउने योजना बनाएको छ।
यता बायर्न म्युनिखका विङ्गर माइकल ओलिसेमाथि लामो समयदेखि रियल म्याड्रिडले नजर राखिरहेको छ। ओलिसेले बायर्नसँगको नयाँ सम्झौतामा ‘रिलिज क्लज’ राख्न सर्त राखेपछि उनलाई भित्र्याउने म्याड्रिडको आशा जीवितै बनेको छ।
बार्सिलोनामा पर्याप्त अवसर नपाएर बेन्चमा सीमित भएका लेफ्ट-ब्याक बाल्डेलाई जनवरी विन्डोमा सस्तो मूल्यमा भित्र्याउन म्यानचेस्टर युनाइटेड प्रयासरत देखिँदा रियल म्याड्रिडमा पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका ब्राजिलियन युवा स्ट्राइकर एन्ड्रिक जनवरीमा लोनमा लियोन वा रोमा जान सक्ने सम्भावना बढेको छ।
सिटीका प्लेमेकर चर्कीलाई अनुबन्ध गर्न लिभरपुल र आर्सनल तयार देखिएका छन्। उनीमाथि रियल म्याड्रिड, बार्सिलोना र पिएसजीको पनि चासो छ।
यस्तै बर्नमाउथका फरवार्ड जुनियर क्रुपीका लागि आर्सनल, पिएसजी र टोटनहमले ८ करोड पाउन्डसम्म खर्चिन तयार देखिएका छन् भने मेक्सिकन युवा स्टार गिल्बर्टो मोरालाई भित्र्याउन लिभरपुल, रियल म्याड्रिड र बायर्न म्युनिखबीच प्रतिस्पर्धा देखिएको छ।
असोज १५, २०८३ बिहीबार ०७:३७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।